sevenstartv.com ६ भदौ २०८३, शनिवार

फिलिपिन्सका पूर्वराष्ट्रपति दुतेर्ते पक्राउ

२७ फागुन २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्ते मानवता विरोधी अपराधको आरोपमा पक्राउ परेका छन् । ७९ वर्षीय दुतेर्ते मंगलबार हङकङबाट फर्किने क्रममा राजधानी मनिला अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् । 

२०१६ मा सत्ता सम्हाल्दा उनले लागुऔषध कारोबारविरुद्ध कठोर नीति अपनाएका थिए । उनको ‘ड्रग्सविरुद्धको युद्ध’को क्रममा हजारौं लागुऔषध सेवन कर्तार  व्यापारीहरू मारिएका थिए । यसबारे अन्तर्राष्ट्रिय फौजदारी अदालतले अनुसन्धान गरिरहेको थियो ।

दुतेर्ते हङकङमा आगामी मध्यावधि चुनावका लागि आफू समर्थित उम्मेदवारको प्रचार र्‍यालीमा सहभागी हुन पुगेका थिए। त्यहाँबाट फर्किएपछि उनलाई विमानस्थलबाट पक्राउ गरिएको हो।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्